कांग्रेसबाट सञ्चारमन्त्री बन्दै कार्की, कानून मन्त्रालयकाे जिम्मा बडूलाई, यी हुन् अन्य मन्त्रीहरू

नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ।

नेताहरु डा. मिनेन्द्र रिजाल र दिलेन्द्र प्रसाद बडूको नाम मन्त्रीको रुपमा पौडेल पक्षले टुंगो लगाएको हो।

कांग्रेसमा एक मन्त्रीको जिम्मेवारी हेरफेर गर्न लागिएको छ। रक्षा मन्त्री डा. रिजाल बन्ने छन् भने बडुलाई कानुन मन्त्रीको जिम्मेवारी दिन लागिएको छ।

अहिले कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन्। उनलाई सूचना, सञ्चार तथा प्रविधि मन्त्रीमा पठाउने कांग्रेसको तयारी छ।

त्यसैगरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा उमा रेग्मी र खानेपानी मन्त्रीमा उमाकान्त चौधरीलाई जिम्मेवारी दिने तयारी छ। 

प्रकाशित मिति: : 2021-10-08 14:50:00

प्रतिकृया दिनुहोस्