प्रधानमन्त्री देउवाले दिए जापानी प्रधानमन्त्रीलाई बधाई

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उनीसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गरेका छन्।

किसिदा सोमबार जापानको प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। 

प्रकाशित मिति: : 2021-10-05 15:37:00

प्रतिकृया दिनुहोस्