३३ किलो सुन प्रकरण : ‘गोरे’ लाई जन्मकैद, प्रहरी अधिकारीले पाए सफाइ

अदालतबाट ठहर भएका मुख्य अपराधी चुणामणि उप्रेति (गाेरे) राताे टाेपीमा
अदालतबाट ठहर भएका मुख्य अपराधी चुणामणि उप्रेति (गाेरे) राताे टाेपीमा

मोरङ जिल्ला अदालतले ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ।

कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैद र एक जनालाई ३ वर्ष  र अर्कोलाई ६ महिना कैद सजाय तोकेको हो।

यस्तै अदालतले सुन तस्करी प्रकरणमा मुछिएका बहालवाला र अवकाश प्राप्त सबै प्रहरी अधिकारीलाई सफाइ दिने फैसला सुनाएको छ।

जिल्ला अदालत मोरङले आज चार वर्षपछि फैसला सुनाएको हो। जसमा ७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय तोकिएको छ।

सुन प्रकरणका मुख्य योजनाकार भनिएका उप्रेतीलाई जन्मकैदको सजाय सुनाइएको हो। त्यस्तै अन्य टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्लेलगायत ६ जनालाई पनि जन्मकैद सजाय सुनाइएको छ। बाँकी दुई जनालाई भने तीन वर्ष र ६ महिना कैद सजाय सुनाइएको छ।

२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको थियो। विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बिच बाटोबाट नै एकाएक गायब भएको थियो।

यही विषयमा सुन तस्करीबिच विवाद भएपछि २०७४ फागुन १८ गते ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको हत्या भयो र तस्करीका एकाएक घटनाका प्लटहरू बाहिरिएका थिए।

२०७५ वैशाख १९ गते सात जना प्रहरीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो। सङ्गठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको थियो। त्यसबाहेक अन्यलाई मुद्दा लगाइएको थियो।

यस्तो थियो अन्तर्कथा

२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको ३३ केजी सुन बाहिरियो। विमानस्थलबाट बाहिरिएको तस्करीको सुन गायव भयो।

हराएको सुनको विषयमा सुन तस्करीबीच विवाद भएपछि २०७४ फागुन १८ गते ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको हत्या भयो र सुन तस्करीको रहस्यहरु खुल्दै आए।

उक्त घटनाले चर्को रुप लियो, चौतर्फी आलोचना हुन थाल्यो र तत्कालीन गृहमन्त्री रामबहादुर थापा 'बादल' को निर्देशनमा सरकारी छानबीन टोली गठन भयो। सहसचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको समितिले लामो समयसम्म अनुसन्धान गर्‍यो।

समितिकै सिफारिसमा तत्कालीन महानगरीय अपराध महाशाखाका प्रमुख दिपेश लोहनी सहितका प्रहरी अधिकारी अनुसन्धानमा तानिए। सुन गायव भएपछि भरिया शनमको गोरे समुहले हत्या गरेको थियो।

उक्त घटनाको अनुन्धानमा गर्न त्यती बेला महाशाखाको टोली घटना स्थल पुगेको थियो। महाशाखाको टोलीले गरेको अनुसन्धानलाई खोट देखाउदै समितीले मोरङ प्रहरीलाई कारवाहीका लागी सिफारिस गरेको थियो।

समितिको सिफारिसमा मोरङ प्रहरीले २०७५ वैशाख १९ गते सात जना प्रहरी सहित ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो। सङ्गठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान र भन्सार छलीको कसुरमा मुद्दा दर्ता भएको थियो।

उक्त टोलीले गोरेलाई मुख्य अभियुक्त बनाएको थियो। जिल्ला अदालत मोरङले मंगलबार उक्त मुद्धाको अन्तिम फैसला सुनाउदै गोरेलाई जन्मकैद सुनाएको हो।

त्यसैगरी अन्य टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले लगायत ६ जनलाई पनि जन्म कैद सजाय सुनाइएको छ। बाँकी दुई जनलाई भने तीन वर्ष र ६ महिना कैद सजाय सुनाइएको छ।



३३ किलो सुन र सनम शाक्य हत्या प्रकरण : डीआईजी लोहनी, सइ संजेललगायतले पाए सफाई

प्रकाशित मिति: : 2021-10-05 15:05:00

प्रतिकृया दिनुहोस्