एमालेका पूर्वसभासद इच्छाराज तामाङ ठगी आरोपमा पक्राउ

File Photo
File Photo

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ठगीको आरोपमा पक्राउ परेका छन्। उनीसहित एक दर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज सुन्धाराबाट पक्राउ गरेको हो। 

एमालेका पूर्वसभासद तथा सिभिल बैंकका अध्यक्ष तामाङसहित पक्राउ परेकाहरूमाथि करोडौँ रुपैयाँ ठगीको आरोप लागेको छ। 

उनीहरूविरुद्ध ४६ करोड रुपैयाँ ठगीको उजुरी परेको र सोही आधारमा पक्राउ गरिएको बताइएको छ।

७० जना निक्षेपकर्ताले तामाङसहितको समूहले ठगी गरेको उजुरी दिएका छन्।

प्रकाशित मिति: : 2021-10-04 22:29:00

प्रतिकृया दिनुहोस्