माओवादीलाई सखाप पार्न खोजेका छन्, नयाँ जनयुद्धको खोजीमा छु: प्रचण्ड

File Photo
File Photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू नयाँ जनयुद्धको खोजीमा रहेको बताएका छन्।

पछिल्लो समय प्रतिक्रियावादीले माओवादी आन्दोलन र उपलब्धीलाई घेरा हाल्ने, सखाप पार्न खोजिएको भन्दै त्यसको प्रतिरोध गर्न नयाँ जनयुद्धको खोजीमा रहेको उनको भनाइ छ।  

शुक्रबार कमलादीस्थित प्रज्ञा भवनमा सपनाको पाण्डुलिपि गीतिसंग्रह विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, 'पोहोर सालदेखि माओवादीलाई घेरा हाल्ने र परिवर्तनलाई तोड्न खोजेका छन्। फेरि नयाँ जनयुद्ध गर्नुपर्छ। म हाम्फालेको छु। हतियार र हिंसाबाहेकको नयाँ जनयुद्धको खोजीमा छु।'

प्रतिक्रियावादीले यसरी घेरा हाल्ने र सखाप पार्न खोज्ने हो भने लाखौं जनता सडकमा ल्याएर लड्नुपर्ने उनको भनाइ छ।

'सबैले आ-आफ्नो समीक्षा गरौं। समाजवादी आन्दोलनमा इमान्दार भएर लाग्ने हो भने यो देशको मुख्य शक्ति, निर्णायक बनेर हिँड्न सक्छौं। त्यसका लागि हामी सुध्रिन पर्छ,' उनले भने।

प्रकाशित मिति: : 2021-10-01 17:47:00

प्रतिकृया दिनुहोस्