ओलीकाे राजनीतिक प्रतिवेदन: यस्ता छन् ११ वैचारिक आधार

Photo-NK
Photo-NK

एमाले अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदनमा पार्टीको वैचारिक आधार पनि उल्लेख गरेका छन्।

उनले मार्क्सवाद–लेनिनवाद र जनताकोबहुदलीय जनवादको वैचारिक मार्गदर्शनलाई पार्टीको मुख्य वैचारिक आधार उल्लेख गरेका छन्।

‘कम्युनिस्ट पार्टी स्वेच्छिक रूपले सामाजिक परिवर्तनमा समर्पित हुन तत्पर, त्यसका लागि आवश्यक पर्दा बलिदान दिन तयार तथा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणबाट दीक्षित व्यक्तिहरूको अनुशासित, सचेत र स्वयंसेवी संस्था हो। त्यसैले पार्टी संरचना प्राविधिक विषय होइन,’ ओलीले लेखेका छन्।

उनले पार्टी निर्माणका वैचारिक आधार ११ वटा प्रस्तुत गरेका छन्। यी हुन् ओलीले उल्लेख गरेका वैचारिक आधार :

– माक्र्सवाद–लेनिनवाद र जनताकोबहुदलीय जनवादको वैचारिक मार्गदर्शन

– द्वन्द्वात्मक-ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोण

– श्रमजीवी वर्ग पक्षधरता

– देशभक्तिपूर्ण भावनाका साथ देश र जनताकोपक्षमा निरन्तर क्रियाशीलता

– राष्ट्रिय पुँजी निर्माण

– प्रगतिशील उत्पादक शक्तिको विकास

– स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको स्थापना

– जनताको बहुदलीय जनवादको कार्यान्वयन तथा समाजवादका आधार निर्माणको कार्यदिशा

– संसारभरका श्रमजीवी तथा शान्तिप्रेमी जनताको आन्दोलनप्रतिको ऐक्यवद्धता एवं विश्व मानवतावादको पक्षधरता

– दक्षिणपन्थी र उग्रवामपन्थी आवरणमा देखा पर्ने अवसरवाद विरुद्धको सतत् वैचारिक संघर्ष

– अनुभवको निरन्तर विश्लेषण र संश्लेषणका माध्यमबाट नेपाली क्रान्तिका सिद्धान्तको विकास प्रयोग गर्दै अघि बढ्ने।

प्रकाशित मिति: : 2021-10-01 17:39:00

प्रतिकृया दिनुहोस्