नागरिक समाजबाट मन्त्रीकाे लागि थापा र वाग्ले चर्चामा, प्रचण्डकाे समर्थन कसलाई ?

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेसँगै सरकारलाई मन्त्रिपरिषद् विस्तार गर्ने बाटाे खुलेकाे छ। 

 यससँगै प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिक समाजबाट पनि एक जनालाई मन्त्री बनाउने तयारी थालेका छन्। मन्त्रीकाे लागि नागरिक समाजका अगुवाका वरिष्ठ अधिवक्ता शम्भु थापा र नारायण वाग्लेकाे नाम चर्चामा आएकाे छ।

त्यसाे त, थापालाई नै मन्त्री बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एस)का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री देउवालाई प्रस्ताव गरिसकेको बुझिएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा उनै थापा कानूनी लडाईंका अग्रपंक्तिमा थिए।

प्रकाशित मिति: : 2021-09-28 16:48:00

प्रतिकृया दिनुहोस्