प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

फाइल तस्वीर
फाइल तस्वीर

प्रतिनिधिसभाको बैठक केहीबेर बसेर स्थगित भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक असोज १४ बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी गराएका हुन्।

सभामुखले संघीय संसदको दुवै सदनबाट पारित भई विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको सन्देश प्रतिनिधिसभामा पढेर सुनाएका थिए।

बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए। प्रतिनिधिसभाको बैठक एमालेले पटकपटक अवरोध गर्दै आएको छ। 

प्रकाशित मिति: : 2021-09-27 14:42:00

प्रतिकृया दिनुहोस्