फेक न्युजको महामारी : त्याे ऋतिक राेशन काण्ड, याे एमसीसी सम्झाैता

शिलापत्र

नवराज कुँवर

पुस २०५७ मा चितवनबाट एउटा हल्ला डढेलोसरी फैलियो, ‘भारतीय अभिनेता ऋतिक रोशनले एक अन्तर्वार्तामा नेपाललाई होच्याएर बोले। नेपाल र नेपाली मन पर्दैन भने।’

यो अफवाहको सुरुवात चितवनको चिया पसलमा कुनै एक व्यक्तिबाट भएको थियो। त्यो चियागफलाई स्थानीय पत्रिकाले समाचार बनायो। अब ‘कागले कान लग्यो’ भनेर कसैले चलाएको हल्लामा कान छाम्न छाडेर मान्छेहरू कागको पछि दौडिन थाले। कालो झण्डा बाेकेर दुई/चार जना युवा ऋतिक रोशनविरुद्ध नाराबाजी गर्दै सडकमा निस्किए। पुतला जलाए।

बलिउड हिरोको पुतला दहन गरिएपछि नेपालका प्रायः मिडियामा समाचार आयो। अब चितवनबाट सुरु भएको हल्ला समाचारकै कारण निमेषभरमै अरू जिल्लातिर पनि फैलियो। हुलका हुल मान्छे सडकमा नाराबाजी गर्न थाले। विरोध यतिमै सीमित रहेन। पार्टीका विद्यार्थी भातृसंगठनहरूले यसलाइ आन्दाेलनकै रूपमा चर्काए। त्यसमा पनि वामपन्थी पार्टीहरू अगाडि थिए। 

प्रकाशित मिति: : 2021-09-26 19:53:00

प्रतिकृया दिनुहोस्