सिन्धुलीमा युवा संघको संगठन विस्तार तीब्र

नेकपा (एमाले) निकट राष्टिय युवा संघ नेपालले सिन्धुलीमा संगठन विस्तारलाई तीब्र बनाएको छ।

यसैबीच सिन्धुलीको फिक्कल गाउँपालिकामा युवा संघले शिव बरालको अध्यक्षतामा ६७ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ।

बृहत् युवा भेला आयोजना गरेर अशोज ९ गते गाउँपालिका कमिटी गठन गरिएको हो।

भेलामा एमाले सल्लाहाकार केशव देवकोटा, राष्टिय परिषद् सदस्य सुवास देवकोटा, बाग्मती प्रदेश सदस्य धन बहादुर कार्की  विशेष अतिथिका रूपमा सहभागी थिए।

त्यसैगरी प्रमुख अतिथि थिए युवा संघका केन्द्रीय सचिवालय सदस्य तथा सिन्धुली जिल्ला संयोजक देवराज वाईबा, विशिष्ट अतिथि थिए ( युवा संघका केन्द्रीय सदस्य राजु बराल, गगन थापा र प्रचण्ड खड्का।

भेला अघि भव्य मोटरसाइकल र्यालीले गाउँपालिका परिक्रमा गरिएको थियो।

प्रकाशित मिति: : 2021-09-26 16:36:00

प्रतिकृया दिनुहोस्