बिएल संवाददाता
भारतीय कम्युनिस्ट पार्टी (सीपीआई)का युवा नेता कन्हैया कुमार र गुजरातका स्वतन्त्र विधायक जिग्नेश मेवानीले कांग्रेस पार्टी प्रवेश गर्ने भएका छन्।
कन्हैया कुमार जवाहरलाल नेहरू विश्वविद्यालय विद्यार्थी संघका पूर्वअध्यक्ष र जिग्नेश मेवानी दलित नेता हुन्। उनीहरूले मंगलबारसम्म औपचारिक रुपमा कांग्रेस प्रवेश गर्ने जनाइएको छ।
चुनावमा एकपछि अर्को हार व्यहाेरिरहेकाे कांग्रेस पछिल्लाेपटक परिवर्तनकाे पक्षमा छ। पार्टी प्रवेशका लागि कन्हैया कुमार र जिग्नेश मेवानीले कांग्रेस पूर्वअध्यक्ष राहुल गान्धीसँग पटकपटक वार्ता गरिसकेकाे सञ्चार स्राेतकाे दावी छ।
कन्हैया कुमार विद्यार्थी राजनीतिबाट उदाएका कम्युनिस्ट नेता हुन्। उनकाे घर बिहारको बेगूसराय गाउँमा पर्दछ।
उनी सन् २०१९ को लोकसभा चुनावमा भारतीय जनता पार्टीका नेता गिरिराज सिंहसँग पराजित भएका थिए। सन् २०१९ फेब्रुअरी ताका राज द्रोह मुद्दा लगाई पक्राउ गरिएकाे थियाे। उनले आफू माथि लागेको आरोपको पूर्ण खण्डन गरिसकेका छन्। उनकाे बिहार टु तिहार: माइ पोलिटिकल जोर्नी नामक पुस्तक निकै चर्चित् छ।
कन्हैयासँगै कांग्रेस पार्टी प्रवेश गर्ने भनिएका जिग्नेश पनि भारतमा दलित आन्दोलनका नेताको रुपमा चिनिन्छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया