एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदै छ।

बैठक अहिले केहीबेरमा तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठक दुई दिनसम्म चल्ने छ।

विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल तथा पारित गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको तामाङले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-09-24 10:52:00

प्रतिकृया दिनुहोस्