नेकपा एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन्।

बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले जानकारी दिए।

ती नेताले भने, ‘सचिवालय बैठकमा महासचिवमा बेदुराम भुसाललाई चयन गर्ने सहमति जुटेको छ। केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा हुन्छ।'

महासचिवमा भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेललगायत आकांक्षी थिए।

प्रकाशित मिति: : 2021-09-23 11:03:00

प्रतिकृया दिनुहोस्