संसदीय चुनावः राष्ट्रपति पुटिनमाथि धाँधलीकाे आरोप, बहुमत ल्याउने दावी

रसियाको संसदीय निर्वाचनमा मतदान प्रक्रिया सकिएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनको ‘युनाइटेड रसिया पार्टी’ले बहुमत ल्याउने ल्याउने देखिएको छ।

पुटिन समर्थकमाथि निर्वाचनमा व्यापक धाँधलीको गम्भीर आरोप लागेपनि उनीहरूले ३३ प्रतिशत मत गणना सकिएलगतै बहुमत ल्याउने दावी गर्न थालेका छन्। 

तर, धाँधलीबारे निर्वाचन आयोगले अस्वीकार गरेको बीबीसीले जनाएकाे छ।

स्रोतका अनुसार ‘युनाइटेड रसिया पार्टी’ले गणनाको अनुपातमा ४५ प्रतिशतभन्दा बढी मत जितेको छ। जसको निकटतम प्रतिद्वन्द्वी कम्युनिस्ट पार्टी मानिएको छ। 

एउटा एक्जिट पोलले सत्तारुढ ‘युनाइटेड रसिया पार्टी’को जित सुनिश्चित देखाएको छ। राष्ट्रपति पुटिनका सबैभन्दा प्रखर आलोचकहरूलाई चुनावमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको थियो। 

अघिल्लाे चुनावको तुलनामा यसपटक ‘युनाइटेड रसिया पार्टी’को लोकप्रियतामा गिरावट आएको विश्लेषकहरू बताउँछन्।

सन् २०२४ को राष्ट्रपतीय निर्वाचन अघि आफ्नो पकड बलियो बनाउन लागिपरेका पुटिनको प्रयासलाई महत्वपूर्ण साथ हेरिएको छ। जसमा बहुमत प्राप्त गर्दा संसदको पूर्ण नियन्त्रण उनैले राख्नेछन्।

आइतवार साँझ मतदान सकिएको केही घण्टामै ‘युनाइटेड रसिया पार्टी’ले आफ्नो जित पक्काभ भएकाे दावी गर्याे।

सरकारी टेलिभिजनमा प्रशारित सामग्रीमा पार्टीका वरिष्ठ नेताले समर्थकहरूको भिडलाई बधाई दिंदै 'स्पष्ट र निष्पक्ष' जित भएको दावी गरे।

मतदाताहरूले डुमा भनिने रूसी संसद्मा ४५० सांसद्हरू निर्वाचित गर्दैछन्।

कुल १४ वटा दल सहभागी भएको उक्त चुनावमा कयौँ शहरमा विद्युतिय मतदान सुरु गरिएको थियो। कोरोनाभाइरस महामारीलाई औपचारिक कारण बताउँदै मतदानलाई तिनदिने बनाइएको थियो।

प्रकाशित मिति: : 2021-09-20 08:19:00

प्रतिकृया दिनुहोस्