सडकमा गर्भवती किशोरीको संख्या बढ्दो

बाह्रखरी

काठमाडौँ

सुनिता लोहनी

आज राष्ट्रिय बाल दिवस । ‘सामान्य अवस्था वा कोभिड महामारी ः बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ बाल दिवस मनाइएको छ । 

बालबालिका सम्बन्धी ऐन २०७५ ले बालबालिका भन्नाले १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई मानेको छ । बाल अधिकार संरक्षणका लागि विभिन्न नियम कानुन र अन्तर्राष्ट्रिय सन्धि सम्झौता बनेपनि अझै लाखौँ बालबालिका शिक्षा, स्वास्थ्य तथा पोषण जस्ता न्यूनतम अधिकारबाटै वञ्चित छन् । 

एक अध्ययनकाअनुसार उपत्यकाका सडकमा करिब पाँच सय बालबालिका भेटिने गरेका छन् । त्यसमा किशोरी गर्भावस्थाको समस्या बढेको सिविनका अध्यक्ष माधव प्रधानले जानकारी दिए । “सडकमा अहिले बालिकाको संख्या बढेको छ । त्यसमा किशोरी गर्भवती हुने समस्या बढेको छ,” उनले भने । उनले पोखरा, नारायणघाट र काठमाडौँका सडकमा बस्ने किशोरीमा यो समस्या रहेको औँल्याए । 

प्रकाशित मिति: : 2021-09-14 21:15:00

प्रतिकृया दिनुहोस्