शक्तिको दुरुपयोग गरेर देउवाले पार्टी कब्जा गर्ने दुस्साहस गरे : रामचन्द्र पौडेल

फाइल तस्वीर
फाइल तस्वीर

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका छन्।

कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका हुन्।

पार्टीको १४औँ महाधिवेशन कार्यक्रमअन्तर्गत भएका वडा अधिवेशनमा देउवाले शक्तिको दुरुपयोग गरेको नेता पौडेलको भनाइ छ।

सत्ता र शक्तिको दुरुपयोगबाट सम्पन्न भएका केही वडा अधिवेशन आफूहरूलाई मान्य नहुने चेतावनी दिँदै नेता पौडेलले भने, ‘वडा अधिवेशनहरू भयो भनेर नाटक रच्न खोजिएको छ। धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरूपयोग गर्न कांग्रेसजस्तो पार्टीलाई सुहाउँदैन। यसलाई मान्दैनौं।’

क्रियाशील सदस्यता छानबिन गर्ने कार्यमासमेत देउवाले धाँधली गरेको उनको आरोप छ। 
 

प्रकाशित मिति: : 2021-09-13 15:46:00

प्रतिकृया दिनुहोस्