एमालेको अवरोधका बीच राष्ट्रियसभामा प्रतिवेदन पेश

तस्बिर : न्युज कारखाना
तस्बिर : न्युज कारखाना

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच राष्ट्रियसभा बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश भएको छ।

सभापति परशुराम नेगी गुरुङका तर्फबाट सदस्य खगेन्द्र प्रकाश पुरीले लोकसेवा आयोग विधेयक २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन्।

प्रतिवेदन पेश भएसँगै अध्यक्ष गणेश तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

बैठक सुरु हुना साथ एमालेका सांसदहरुले उठेर अवरोध गरेका थिए। उनीहरुले प्रतिनिधिसभाका सभामुखले चित्त बुझ्दो जवाफ नदिएसम्म, आत्मालोचित नगरेसम्म, एमालेले कारवाही गरेका माधव नेपालसहित १४ जनालाई संसदमा प्रतिनिधित्व गराएसम्म आफूहरुको विरोध जारी रहने जानकारी गराएका थिए।

एमालेको विरोधपछि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले नियमित कार्यसूचीमा हेरफेर गरेर विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्न अनुमति दिएका थिए।

प्रकाशित मिति: : 2021-09-13 13:35:00

प्रतिकृया दिनुहोस्