नेकपा एमालेका सांसद रामविर मानन्धरले गृहमन्त्री बालकृष्ण खाँणले संसदमा दुई ट्रिप सुरक्षाकर्मी ल्याएर राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७८ पेश गरेको आरोप लगाएका छन्।
प्राइम एचडी टेलिभिजको एक कार्यक्रममा ऋषि धमालासँग अन्तर्वार्ताको क्रममा मानन्धरले यस्तो आरोप लगाएका हुन्। उनले लोकतन्त्रको संहिताविपरित गृहमन्त्रीले अध्यादेश पेश गरेको बताए।
संसदभित्रै सांसदले टाेके मान्छे, एक जना मर्यादापालक गम्भीर घाइते
'तपाईहरुले संसद किन चल्न नदिएको?' भन्ने धमलाको प्रश्नमा उनले भनेका छन्, 'तपाई हामीलाई संसद अवरोध गरेको भन्नुहुन्छ। तर गृहमन्त्रीले पछाडिबाट खुसुक्क गएर पेश गरिसक्नु भयो। उहाले दुई ट्रिप मान्छे बोलाएर अध्यादेश पेश गर्नुभयो।'
सोही कार्यक्रममा पछिल्लो समय माधव नेपालको दाहिने हात मानिदै आएका नेकपा (एस)का सांसद मेटमणि चौधरी पनि सहभागी थिए। चौधरीले भने मानन्धरको अभिव्यक्तिप्रति टिप्पणी गर्दै राजनीतिमा आक्रमण हुनु सामान्य भएको बताएका छन्।
गंगा र आशालाई सांसदहरुले उचालेपछि देउवा, प्रचण्ड र माधव नेपाल भए 'ट्वाँ'
उनले भनेका छन्, 'संसदमा दुई ट्रिप भनेको कहाँबाट ल्याएको, रत्नपार्कबाट ल्याएको हो? कि कालिमाटीबाट ल्याएको हो?'
साधै चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओली संविधान र कुनै कानूनभन्दा माथि नभएको बताएका छन्। उनले थप्दै भनेका छन्, 'केपी कम्पनीका सांसदहरुलाई संसदमा आउन र नाराबाजी गर्न कुनै नैतिक आधार छैन।'