खाडीमा नेपाली हाकिमहरू

‘खाडी भन्नेबित्तिकै उँट चराउन जाने होला भन्ने सोचमा परिवर्तन ल्याउनुपर्छ ।’

नयाँ पत्रिका दैनिक

गोविन्द मरासिनी

सर्लाहीको हरिवन नगरपालिका घर भएका २९ वर्षीय प्रमोद राय क्षेत्री रोजगारीको सिलसिलामा कतार पुगेको सात वर्षभन्दा बढी भयो। काठमाडौंमा रहँदा उनी शिक्षण पेसा गर्थे। मास्टरी जागिरले उनको काठमाडौं बसाइ सुखद भएन। महँगी र पारिवारिक खर्चका कारण उनी आर्थिक भारले थिचिए। रातदिन खटिँदा पनि खर्च धान्नै नसकेपछि उनी खाडी मुलुक जान बाध्य भए। त्यसवेला अमेरिका, अस्ट्रेलिया र युरोपका विभिन्न देशहरूमा जाने ‘ट्रेन्ड’ नै चलेको थियो।

उनले पनि सकेसम्म राम्रो देश गएर अध्ययन सँगसँगै राम्रो जागिरमा आबद्व भएर आर्थिक हिसाबले मजबुत हुने सोचका साथ विदेश जाने मनसाय बनाए। राम्रो अंग्रेजी दक्षता भएका कारण पनि उनले अस्ट्रेलिया जानका लागि प्रक्रिया चाले र मिहिनेतका साथ आइएलटिएस परीक्षामा ६.५ अंक ल्याउन सफल भए। तर, दुर्भाग्य ! अस्ट्रेलियाका लागि दिएको भिसा आवेदन रद्द भयो। उनीसहित करिब दुई हजार नेपालीको भिजा रद्द भयो। कारण थियो, ‘फेक बैंक लोन प्रोसेसिङ।’

अस्ट्रेलियाको भिसा ‘रिजेक्ट’ भएपछि उनी थोरै त निराश भए, तर हिम्मत हारेनन्। हुन त नेपालमा खाडी मुलुक भन्नेबित्तिकै दृष्टिकोण बदलिहाल्छ। तर, उनलाई थाहा थियो इमान्दारताका साथ मिहिनेत गर्दा खाडी मुलुकमा युरोप, अमेरिका र अस्ट्रेलियामा झैँ कमाउन सकिन्छ। त्यसैले, आर्थिक समस्या समाधान गर्न उनले खाडी मुलुक नै भए पनि जाने निधो गरे।

प्रकाशित मिति: : 2021-09-11 09:05:00

प्रतिकृया दिनुहोस्