सभामुखलाई एमालेको प्रश्न– हाम्रो पार्टी फुटाउन किन लाग्नुभयो ?

संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको पहिलो बैठक बसेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्दैगर्दा एमालेका सांसदहरू उठेर विरोध जनाए । तत् पश्चात सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई बोल्न दिए।

प्रमुख सचेतक भट्टराईले सभामुख सापकोटाको व्यहारप्रति औँला ठड्याए। एमाले फुटाउन सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै उनले यसबारे जवाफ मागेका छन्। 

प्रकाशित मिति: : 2021-09-08 16:24:00

प्रतिकृया दिनुहोस्