प्रचण्डले भने- एमसीसी प्रयोग गरेर सत्ता–गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को २२औँ स्मृतिमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरबाट गठबन्धनलाई तोड्ने प्रयास भइरहेको बताएका हुन्।

‘यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ, देशभित्रबाट पनि देश बाहिरबाट पनि', उनले भने, ‘एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन्।’ तर आफूले गठबन्धन जोगाउन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्न चाहेको प्रचण्डले बताए।

‘हामी चाहिँ यथास्थितिमा हुन सक्दैन भनिराख्या छौँ। हामी सकेसम्म गठबन्धनलाई बचाएर, यसको पनि समाधान सकारात्मक ढङ्गले, देशलाई क्षति नहुने ढंगले चाहेका छौं,’ उनले भने।

प्रकाशित मिति: : 2021-09-08 12:11:00

प्रतिकृया दिनुहोस्