बेलायतमा २४ घण्टामा कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित देखिए

आइतबार बेलायतमा एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन्। केही दिनपछि यहाँ भाइरसका सङ्क्रमित थपिनेक्रम बढ्दै गएको छ।

यहाँ गएको २४ घण्टामा ३७ हजार ११ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बताइएको छ। यो समेत गरी यहाँ त्यहाँ ६९ लाख ७८ हजार ६२ जना सङ्क्रमित पुगेका छन्।

त्यसैगरी यहाँ गएको २४ घण्टामा ६८ जनाको कोरोनाकै कारण निधन भएको पनि बताइएको छ। यहाँ पछिल्ला केही हप्तामा सङ्क्रमितहरु थपिने र निधन हुनेको सङ्ख्या पनि बढेको बताइएको छ। 

यहाँ यो भाइरसबाट एक लाख ३३ हजार २२९ जनाको निधन भइसकेको छ। यहाँ पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि पनि भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ।

प्रकाशित मिति: : 2021-09-06 14:46:00

प्रतिकृया दिनुहोस्