गृह मन्त्रालय मित्र राष्ट्रविरुद्ध कुनै गतिविधि नगर्न अुनरोध गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै मित्रराष्टसँगको सम्बन्धमा आँच आउने गरी नाराबाजी र पुत्ला दहन गर्ने गतिविध नगर्न अपिल गरेको हो।
‘छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, गृह मन्त्रालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ।’
मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहने भएकोले नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि नर्गन गृह मन्त्रालयले अनुरोध गरेको हो।
मन्त्रालयले शुक्रबार पनि यस्तै प्रकृतिको विज्ञप्ति जारी गरेको थियो। शुक्रबार कुनै पनि विदेशी परियोजना र राष्ट्रविरुद्ध गतिविधि गरे र अभिव्यक्ति दिए कारवाही गर्ने चेतावनी दिएको थियाे।