शंकर पोखरेलकाे जिकिर- 'गद्दार नेताहरूकाे कुर्सीको लोभले ओली सरकार ढल्याे'

File photo
File photo

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्ररेलले नेकपा एमाले भित्रका केही नेतालाई कुर्सीको लोभले सरकार ढालेको बताएका छन्। उनले पार्टी भित्रैबाट गद्दार नेताहरू कुर्सीको लोभमा पर्दा एमाले विभाजनको अवस्थासम्म पुगेको बताए।

पार्टी बनायौं भन्नेहरूकै असहयोगले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको आरोप लगाए। 'पार्टी फुटाएर उहाँहरूले कांग्रेस नेतृत्वको सरकारलाई सहयोग गरिराख्नु भएको छ। सरकारले पनि एमाले र जसपा फुटाउनकै लागि अध्यादेश ल्यायो। तर, यो अध्यादेश लामो समयसम्म टिक्दैन। र, टिक्यो भने पनि स्वयं कांग्रेस र माओवादी केन्द्रलाई समेत हानी गर्छ', उनले भने।

राजनीतिक स्वार्थ र एमाले टुक्राउन गरिएको षडयन्त धेरै लामो समय नटिक्ने नेता पोखरेलको दाबी छ। जनता र संसदबाट प्रधानमन्त्री बन्ने प्रावधान विपरित परमादेशबाट बनेको सरकारले जनताको हितमा कुनै काम नगर्ने ठोकुवा समेत गरे। ओलीले ताजा जनादेशका लागि गरेका प्रयासहरू राम्रा भए पनि परमादेश बाधक बनेको उनले बताए।

देउवा सरकारले एमाले फुटाएर आफूले राजगर्न खोजेको उनको आरोप छ। 'एमाले मात्रै फुट्दैन। दल सम्बन्धी अध्यादेशले निकट भविश्यमा कांग्रेस र माओवादीलाई पनि असर गर्ने छ', उनले भने।

प्रकाशित मिति: : 2021-09-04 20:22:00

प्रतिकृया दिनुहोस्