आगामी २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिलाई मन्त्रिपरिषद्को सिफारिस

File photo
File photo

सरकारले २३ भदौमा संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ।

बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौ बुधबार दिउँसो ४ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

प्रकाशित मिति: : 2021-09-04 17:26:00

प्रतिकृया दिनुहोस्