अर्थ मन्त्रालयप्रति जन अपेक्षा र अर्थमन्त्री शर्मालाई सुझाव

अर्थ–डबली

रुद्रप्रसाद अधिकारी

मुलुकको राजनीति फेरि पनि अस्थिरतातर्फ उन्मुख हुँदै गरेको आभास भइरहेको छ। यसले अर्थतन्त्रमा पार्न सक्ने असरबारे चिन्तन गर्नुपर्ने आवश्यकता महशुस भएको छ। 

कोभिड महामारीको प्रभाव र  वैदेशिक ऋणको भारीले गर्दा थलिएको नेपाली अर्थतन्त्र उठाउने र उकास्ने जिम्मा वर्तमान सरकारका अर्थमन्त्रीको काँधमा आइपुगेको छ। 

विगतका सरकारहरुमा पनि मन्त्री बनेर राम्रो पर्फर्मेन्स (कार्यसम्पादन) गरेका मन्त्री जनार्दन शर्माले यसपटक पनि आफ्नो छवि उच्च पार्ने गरि काम गर्नेमा जनता आशावादी छन्। 

बिगतमा मन्त्रीहरूले व्यक्तिगत लाभहानीमा केन्द्रित भई कार्य गर्ने गरेकाले आफ्नो स्वच्छ छवि कायम राख्न सकेका थिएनन्। तसर्थ, वर्तमान अर्थमन्त्रीले उक्त कुराको अधिकतम ख्याल गरी राष्ट्रिय हितमा केन्द्रित भएर परिणाममुखी तवरले कार्यसम्पादन गर्नुपर्नेछ। 

दलहरू विभाजित भई मुलुकको राजनीति अस्थिरतातर्फ उन्मुख भैरहेकाले वर्तमान सरकारको आयु यति नै हुनेछ भन्न सकिने अवस्था नरहेकोमा राम्रो काम गरेर फेरि पनि जनताको मन जित्नका लागि यो सुवर्ण अवसर हो।  जसलाई उहाँले भरपुर सदुपयोग गर्नुपर्ने हुन्छ।

 

प्रकाशित मिति: : 2021-09-03 19:10:00

प्रतिकृया दिनुहोस्