बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले पदबाट राजीनामा दिएका छन्। मन्त्री बनेको दुई साता नबित्दै उनले राजीनामा दिएका हुन्।
अष्टलक्ष्मी शाक्य प्रदेशको नयाँ मुख्यमन्त्री बनेपछि उनले आफ्नो नियुक्तकै दिन खनाललाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेकी थिइन्।
तर खनालले माधव नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा (एस)को पक्षमा सनाखत गरेपछि उनले मन्त्रीबाट राजीनामा दिँदै एमाले छाडेका हुन्।
चितवनबाट निर्वाचित खनाल नेकपा एमालेको केन्द्रीय सदस्यसमेत थिए। उनीसहित १२ सांसदले एमाले छाडेपछि मुख्यमन्त्री शाक्यको सरकार अल्पमतमा परेको छ।