अनलाईन न्यूूज सेभेन
काठमाडौं– हतियार चोरीको आरोपमा सेनाको नियन्त्रणमा रहेका सिपाही गंगाधर ढकालको मुद्दामा सैनिक अदालत फैसला गर्दैछ। सैनिक स्रोतका अनुसार सम्भवतः आज बेलुकासम्म फैसला आउनेछ।
सेनाले ‘कोर्टमार्सल’ गरी अदालतमा ढकालको मुद्दा पेस गरेको छ। दोषी ठहर गरेमा ढकाल पूर्पक्षको लागि जेल चलान हुनेछन्। विगत एक हप्तादेखि ढकालसँग सेनाले बयान लिने काम गरिरहेको थियो। स्रोतका अनुसार सेनासँगको बयानमा पनि ढकालले आफूले नै हतियार चोरी गरेको बताएका छन्।
‘कोर्टमार्सलले हतियार चोरी र हत्या आरोपमा गंगाधरलाई जेल सजाय तोक्न पेशीअनुसार फैसला भएमा अढाई वर्षदेखि जेलमा रहेका दुई सैनिकहरु निर्दोष रहेको पुष्टि हुन्छन्,’ नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने।
४ पुस २०७५ मा गणबाट गणबाट ‘स्टर्लिङ ९ एमएम एनकेआर १००७९२’ नम्बरको सर्ट मेसिन गन (एसएमजी) हराएको थियो। सिपाही ढकालले ४ पुस २०७५ को गणको कोतबाट एसएमजी हतियार चोरी गरेको बयान प्रहरीसमक्ष पनि दिएका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया