कहिले तंग्रिएलान् थलिएका उद्योग?

सेतोपाटी

निर्मला घिमिरे

कोभिड महामारी सुरू भएयता काठमाडौं उपत्यकाका इँटा उद्योगले उत्पादन गर्न सकेका छैनन्। ६० प्रतिशत बढी उद्योग त बन्दै रहेको इँटा उद्योग महासंघले जनाएको छ।

महासंघका महासचिव कृष्णप्रसाद हवालका अनुसार उद्योगहरूले अहिले इँटा बिक्री मात्रै गरिरहेका छन्।

'इँटा उद्योग फेरि उठ्न सजिलो छैन। अहिले त अफ-सिजन हो। कात्तिकदेखि उत्पादन गर्ने हो भने तयारी अहिलेदेखि गर्नुपर्छ,' उनी भन्छन्।

यो तयारीका लागि उद्योगहरू आफैं भने तयार छैनन्।

हवालका अनुसार एक त लामो समय कारोबार नहुँदा लगानी गर्ने पर्याप्त रकम छैन। अर्कातिर हुनेहरू पनि महामारी जोखिमका कारण बजारमा निरन्तर असर परिरहेकाले डराएका छन्।

'कहिलेसम्म महामारी रहने हो टुंगो छैन,' उनले भने, 'यस्तोमा कसरी लगानी थप्ने?'

अहिलेकै अवस्था तन्किँदै जाने हो भने आधाभन्दा बढी इँटा उद्योग पूरै बन्द हुने अवस्थामा पुगेको उनले बताए।

प्रकाशित मिति: : 2021-08-29 16:59:00

प्रतिकृया दिनुहोस्