आज यी प्रदेशमा भारी वर्षा हुने, यस्ताे छ तीन दिनकाे माैसम

शुक्रबार (आज) मुलुकका विभिन्न क्षेत्रमा धेरै भारी वर्षाकाे आँकलन गरिएकाे छ।

मनसुन फेरि सक्रिय भएसँगै देशभर पानी परिरहेकाेमा शुक्रबार प्रदेश १, २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।

शुक्रबार राति पनि देशभर वर्षा हुन सक्नेछ। शनिबार धेरै स्थानमा वर्षाको सम्भावना छ। जसमा प्रदेश १,गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी र बाँकी प्रदेशका एक-दुई स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ।

आइतबार पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी/धेरै भारी सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ।  वर्षाका कारण बाढीपहिराेकाे जाेखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ।

प्रकाशित मिति: : 2021-08-27 06:29:00

प्रतिकृया दिनुहोस्