बिएल संवाददाता
प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित भएका छन्। बुधबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सभामुख सापकोटाकाे भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका हुन्।
एमाले विभाजनका लागि १४ जना आफ्ना सांसदमाथि कारबाही गरेको पत्र संसद सचिवालयमा पठाए पनि सभामुख सापकोटाले सूची प्रकाशित गर्न रोकेको भन्दै ओलीले आक्रोश व्यक्त गरे।
‘एमाले विभाजन रोक्न आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको सचिवालयमा भदौ १ गते पठायौँ’, ओलीले भने,‘तर सभामुखले कारबाही गरेको सूची प्रकाशित गर्न सचिवालयका कर्मचारीलाई रोकेर नौ दिनदेखि राखेका छन्।’
संसदीय मर्यादा र आचारणविपरीत सभामुख सापकोटाले एमालेले निलम्बन गरेका १४ जना सांसदको सूची सार्वजनिक नगरेको ओलीको आरोप छ।
‘सभामुखको जिम्मेवारीमा निष्पक्ष रहन नसक्ने, कानुनको पालना गर्न नसक्ने, मर्यादामा बस्न नसक्ने कुरा लोकतन्त्र, लोकतान्त्रिक प्रणालीका लागि अत्यन्त दुःखद् कुरा हो।’ अध्यक्ष ओली भने।
सभामुखले उपचारकाे बहाना बनाएर निलम्बन भएका सांसदको सूची प्रकाशित नगरेकाे ओलीले आराेप लगाए। ‘नेकपा एमालेले गरेको कारवाही ९ दिनसम्म थन्क्याएर दाँत टाल्न जानुभयो। मेरो शुभकामना छ, दाँत राम्रोसँग टालियोस्।’ सभामुखलाई लक्षित गर्दै उनले भने।
त्यस्तै, अध्यक्ष ओलीले माधव कुमार नेपालका चटके कुराका पछाडि नलाग्न नेताहरूई आग्रह गरेका छन्।
‘पार्टी विभाजन गरेर नयाँ दल दर्ता गर्ने अनि त्यसपछि एकता गर्छु भन्ने ? यस्ता चटके कुराका पछाडि कोही पनि नलाग्नुस्,’ उनले भने।
ओलीले एक–दुई दर्जन मान्छे जोडेर बृहत कम्युनिस्ट एकता गर्छु भन्नु हास्यास्पद भएको समेत बताएका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया