माधव नेपाल समूहलाई एमालेको आह्वान- 'लाज नमानी मूल घरमा फर्किनुहाेस्' (भिडियाेसहित)

नेकपा एमालेको स्थायी कमिटी बैठकले विभाजित भएर गएको माधव समूहलाई पार्टीमा फर्किन आह्वान गरेको छ।

मंगलबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले विभाजनकारी गतिविधि त्यागेर पार्टीमा फर्किए स्वागत गर्ने निर्णय गरेकाे हाे।

बैठककाे निष्कर्षसहितकाे प्रस्तावमा भनिएको छ, ‘एमालेबाट विभाजित भएर अलग्गै पार्टी दर्ता गर्ने प्रयास गरिहेका कामरेडहरुलाई हामी आग्रह गछाैँ। मुलुकका सामु उपस्थित असाधारण सम्भावना र अकल्पनीय चुनौतिप्रति संवेदनशील हुँदै पार्टीको काँधमा उपस्थित अभिभाराप्रति सचेत रहँदै गलत र हानिकारक बाटो छाडेर लाज नमानी पार्टी एकतामा आवद्ध हुनुहोस्, आफ्नो मुलघरमा फर्किनुहोस्।’

प्रकाशित मिति: : 2021-08-24 19:02:00

प्रतिकृया दिनुहोस्