रामकुमार परियार
संयुक्त अरब ईमिरेट्स (युएई) को राजधानी अबुधाबीमा कोभिड विरुद्धको खोप नलगाएकाहरुले सार्वजनिक स्थलहरुमा प्रवेश गर्न नपाउने भएका छन्।
युएईको राष्ट्रिय आपतकालीन विपत व्यवस्थापन प्राधिकरणले आजदेखि लागू गरेको नियम अनुसार अबुधाबीका सार्वजनिक स्थलहरु सपिङ मल , रेष्टुरेन्ट , क्याफे , खुदरा पसल , जिम , रिसोर्ट , संग्राहलय , विद्यालय , विश्वविद्यालय लगायतका स्थानमा प्रवेशका लागि खोपको पूरा मात्रा पूरा गरेको हुनुपर्ने छ।
सार्वजनिक स्थानहरूमा आवतजावत गर्ने व्यक्तिहरुको खोप तथा पिसिआर परिक्षणको स्थिति पत्ता लगाउन युएईको स्वास्थ मन्त्रालयद्वारा संचालित 'अल होस्न' मोबाईल एप्लिकेसनको प्रयोग गरिएको छ।
अबदेखि एप्लिकेसनमा खोप र पिसिआर नतिजाका आधारमा प्राप्त गरिने हरियो संकेत देखाएर मात्रै सार्वजनिक स्थलहरुमा प्रवेश गर्न पाईनेछ। उक्त संकेत प्राप्त गर्न कम्तीमा खोपको दुई मात्रा लगाएको र ३० दिन भित्र पिसिआर परिक्षण गरेको हुनुपर्ने छ।
युएईको सरकारी समाचार एजेन्सी वामका अनुसार हर कोहि व्यक्तिलाई मोबाईल एप्लिकेसनमा हरियो संकेत कायम राख्न प्रत्येक ३० दिनमा पिसिआर परिक्षण गर्नुपर्ने छ भने १६ वर्ष भन्दा कम उमेरकालाई यो अनिवार्य गरिएको छैन।
बुष्टर डोज अनिवार्य
यसैगरी कोभिड विरुद्धको खोप लगाएर ६ महिनाको अवधी पार गरिसकेकाहरुलाई बुष्टर डोज अनिवार्य गरिएको छ।
खोप लगाएको ६ महिना पछि मोबाइल एप्लिकेसनमा खोप लगाएको संकेत स्वत गायब हुने भएकोले उक्त संकेत यथावत राख्न ६ महिना पछि बुष्टर डोज लगाउनुपर्ने छ।
अहिले युएई सरकारले विभिन्न स्थानमा क्याम्प बनाएर निशुल्क रूपमा बुष्टर डोज उपलब्ध गराईरहेको छ भने दोस्रो खोप लगाएर ६ महिना गुजारिसकेकाहरुलाई बुष्टर डोज लगाउन सेप्टेम्बर २० तारिख सम्मको अतिरिक्त समय दिईएको छ।

न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया