नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल समूहको नयाँ पार्टीलाई साथ दिने भएका छन्।
एकता राष्ट्रिय अभियानको भर्चुअल बैठकमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले माधव समूहको नयाँ पार्टी नेकपा एमाले (समाजवादी)लाई साथ दिने बताएका हुन्।
माधव समूहले हिजो (बुधबार) नेता नेपाल अध्यक्ष रहने गरी नयाँ पार्टी दर्ता गरेको हो।
निर्वाचन आयोगमा दल दर्ताको लागि माधव समूहले बुझाएको सूचीमा भने गौतमको नाम छैन। तर पनि उनले नेता नेपाललाई नै साथ दिने घोषणा गरेका हुन्।