नेकपा माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको दल विभाजनसम्बन्धी अध्यादेशले लोकतन्त्र सदृढ हुने दाबी गरेका छन्। अध्यादेशको आलोचना गरेका मिडियाकर्मीले त्यसलाई बुझ्न नसकेको उनले बताए।
राजधानीमा आयोजित एक अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले देउवा सरकारले अध्यादेश जारी गर्नु केपी शर्मा ओलीको जस्तो लोकतन्त्र सिध्याउने उद्देश्य नभएको पनि बताए।
‘ओलीको अध्यादेश सत्ता कब्जा गर्ने उद्देश्यले थियो, देउवाको अध्यादेश लोकतन्त्र सुदृढ गर्ने उद्देश्यले आएको छ। सञ्चारकर्मीहरुले यो बुझ्नु जरुरी छ’, उनले भने।