अन्तत: नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजित भएको छ। एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गर्दै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
एमाले केन्द्रीय कमिटीका ६६ जनाको हस्ताक्षरसहित नयाँ दल दर्ताको लागि बुधबार नेपालसहितका नेताहरुले निर्वाचन आयोगमा निवेदन दिएका हुन्।
माधव नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन दिएका हुन्। चुनाव चिन्ह खुल्ला किताब राखिएको छ।
मेटमणि चौधरी, राजेन्द्र पाण्डेलगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन्।