एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएकी छन्। उनी एमाले एकताकाे पक्षमा लाग्ने प्रतिबद्धतासँगै मुख्यमन्त्री डाेरमणि पौडेललाई विस्थापन गरी शाक्य मुख्यमन्त्री हुने भएकी हुन्।
अष्टलक्ष्मीले एमाले विभाजनकाे लागि नेपाल समूहले संकलन गरेकाे सूचीमा हस्ताक्षर गरेकी छैनन् । माधव समूहले नेकपा एमाले समाजवादी नामक नयाँ दल दर्ता गरिसकेको हाे।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारीसँगै एमाले विभाजन भइसकेको छ।
यससँगै माधव समूहकी सांसद अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने भएकी हुन्।
हालका मुख्यमन्त्री डोरमणी पौडेललाई राजीनामा दिन लगाएर शाक्यलाई आजै (बुधबार) साँझ वा भोलिसम्म बागमती प्रदेशको मुख्यमन्त्री घोषणा गरिने स्रोतले जानकारी दिएको छ।