ठाकुर गैरेले भने– एमाले विभाजन रोक्ने अभियान जारी छ

फाइल तस्वीर
फाइल तस्वीर

एमालेको माधव नेपाल समूहले नेकपा (एमाले समाजवादी) दर्ताको प्रक्रिया अघि बढिरहेका बेला सोही समूहका केही नेताहरु विभाजन रोक्न क्रियाशील भएका छन्। त्यस्तो अभियानमा केन्द्रीय सदस्य ठाकुर गैरे पनि क्रियाशील छन्।

गैरेले बिएल नेपाली सेवासँग कुरा गर्दै भने, ‘हाम्रो एकताको अभियान जारी छ । एमालेको विभाजन रोक्ने अभियान जारी छ।

राजनीतिक दल सम्बन्धी ऐन संशोधन अध्यादेश जारी भएर संसदीय दल वा केन्द्रीय सदस्यमध्ये कुनै एकमा २० प्रतिशत सदस्य पु-याएपछि दल विभाजन गर्न पाउने कानूनी व्यवस्था भएलगत्तै नेपाल समूह पार्टी विभाजन गर्न लागिपरेको हो।



नेकपा विभाजनका लागि ‘जिरो स्पेस’ ! महाधिवेशनबाट नयाँपुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ: ठाकुर गैरे (अन्तर्वार्ता, भिडियो)

प्रकाशित मिति: : 2021-08-18 15:39:00

प्रतिकृया दिनुहोस्