सरकारले प्रदेश २ का प्रमुख डा राजेश झा (अहिराज) लाई हटाएउन र उनको ठाउँमा महोत्तरीका हरिशंकर मिश्रलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अहिराजलाई पदमुक्त गर्ने र मिश्रलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको हो।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७७ फागुन ७ गते अहिराजलाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो।
प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र पूर्वमन्त्री रामनारायण मिश्रका छोरा हुन्।