बुधबार, १७ डिसेम्बर २०२५

सर्पको डसाइबाट बालकको मृत्यु

News Image
(Representational)
• • •

जिल्लाको पूर्वीचौकी गाउँपालिका–६ मा विषालु सर्पको डसाइबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ।

घरआँगनमा खेलिरहेको समयमा विषालु सर्पको डसाइबाट पाँच वर्षीय हेमराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए।

सर्पको डसाइबाट गम्भीर भएका बालकको उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्लामा गर्मी सिजन कायमै रहेका कारण सर्पदंशका बिरामी बढ्दै गएको जिल्ला अस्पतालले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!