म्यान्मारका पूर्वसैनिक तानाशाहलाई कोरोना संक्रमण, सपत्नी अस्पताल भर्ना

बिएल संवाददाता

रंगून, म्यान्मार
Breaknlinks
Breaknlinks

म्यान्मारका पूर्वसैनिक प्रमुख काेराेनाभाइरस संक्रमणकाे परीक्षणपछि पत्नीसहित राजधानी नेपिदाेको एक अस्पतालमा भर्ना भएका छन्।

२० वर्षसम्म म्यान्मारमा निरंकुश शासन चलाएका ८८ वर्षिय पूर्वसैनिक तानाशाह थान श्वे र उनकी पत्नी कयाईङ् कयाईङ् काेराेना रिपोर्ट पोजेटिभ पश्चात शुक्रबार अस्पताल भर्ना भएका हुन्।

काेराेना संक्रमित थान र उनकी पत्नीलाई नेपिदाेस्थित सैनिक स्वामित्वको अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

संक्रमित पूर्वसैनिक तानाशाह दम्पत्तिकाे स्वास्थ्य अवस्थ राम्राे रहेको र उनीहरूले काेराेनाविरूद्धकाे समेत लगाएकाे सैनिक स्राेतले जनाएकाे छ।


सैन्य सरकारले अपनायाे जेलमा कोरोना फैलाएर राजबन्दी मार्ने रवैया


पूर्वसैनिक प्रमुख थानले सन् १९९२ देखि २०११ सम्म म्यान्मारमा शासन गरेका थिए। उनले देशभर भएकाे मुक्ति आन्दोलन दबाउन ठूलो भूमिका खेलेकाे प्रजातन्त्र समर्थकहरू बताउँछन्।

सन् २०१० यता म्यान्मार पूर्वसैनिक प्रमुख थानकै नेतृत्वमा जननिर्वाचित प्रर्णालीतर्फ अघि बढिरहेकाे थियो। तर, सैनिक प्रमुख  मिन औंग ह्लाइङले पुनः सैन्य ‘कू’मार्फत प्रजातन्त्रवादी नेत्री आङ सान सुकी नेतृत्वकाे जनसरकार अपदस्त गरी सत्ता हातमा लिएका छन्।

अहिले म्यान्मारमा काेराेनाभाइरसकाे डेल्टा भेरियन्ट बढेसँगै नयाँ संक्रमण फैलाने क्रम जारी छ। फ़ैलिरहेको कोरोना महामारी रोक्न र नागरिकको ज्यान जाेगाउँन म्यान्मारकाे सैन्य सत्ता असफल देखिन्छ।

प्रकाशित मिति: : 2021-08-13 18:19:00

प्रतिकृया दिनुहोस्