प्राकृतिक शरीर बनाउन यसो गरौं !

ZEN Foods
ZEN Foods

आफ्नो शरीरलाई राम्रो मिलेको र स्वस्थ बनाउने चाहना कसलाई हुदैन होला र ? सबैको चाहना हुन्छ राम्रो र सुन्दर शरीर र यसलाई बनाउन मानिसले धेरै खर्च पनि गर्छन। कतिपयले त विभिन्न प्रकारको औषधि पनि प्रयोग गर्ने गर्छन्। तर त्यस्ता औषधिले बनेको शरीर प्राकृतिक शरीर जस्तो हुदैन। यदि त्यस्ता औषधि र जिम जान छोड्ने हो भने शरीरको मांसपेशीहरु घट्दै जान्छ।

शरीरको मांसपेशीहरु घट्न नदिनको लागि जति सक्दो प्राकृतिक तरिकाहरु अपनाएर शरीर बनाउनु नै फाइदाजनक हुन्छ। प्राकृतिक शरीर हुनेहरुको जिम वा कसरत छोडे पछि पनि शरीरको मांसपेशीहरु कहिले घट्दैन र शरीरको आकार पनि कायमै रहन्छ। त्यसैले आफ्नो शरीरलाई प्राकृतिक बनाउन यसो गर्नुहोस् :

आफ्नो आहारमा ध्यान दिने:
सबैभन्दा महत्त्वपूर्ण कुरा आफुले खाने आहारमा ध्यान दिनु हो। विशेषज्ञहरुका अनुसार यदि कोहि व्यक्तिको ५ ओटा रोटि खाने क्षमता छ, तर यदि उसले कम रोटि खान्छ भने त्यसले उसको तौल घटाउने हैन अझ बढाउँछ। यस्तो अवस्थामा हामी प्राकृतिक शरीर पाउन सक्दैनौं। प्राकृतिक शरीर सबैभन्दा शक्तिशाली र फिट हुन्छ। जिम जाने व्यक्तिहरुले कहिले पनि औषधिको प्रयोग गर्नु हुदैन यसले पनि शरीरलाई विभिन्न असर गर्छ।  खानेकुरा खादा आफ्नो शरीरले जति माग्छ त्यति खानुपर्छ। आफ्नो आहारलाई निकै कम गर्दा त्यसमा केहि फाइदा छैन। जति सक्दो प्रोटीन र हरियो तरकारी युक्त पौष्टिक खाना खान आवश्यक छ। मादक पदार्थको सेवनले पनि प्राकृतिक शरीर कहिल्यै प्राप्त हुँदैन।

शारीरिक व्यायाम गर्ने:
शरीर बनाउनको लागी कम्तीमा पनि जिममा ४५ मिनेटको व्यायाम गर्न आवश्यक छ। यदि कोहि जिम जान सक्नुहुन्न भने त्यस्तो अवस्थामा घरमै बसेर योग गर्ने अथवा पुश अप र पुल अप गरेर पनि एक राम्रो प्राकृतिक शरीर बनाउन सक्नुहुन्छ। यदि कसैसंग समयको एकदम अभाव छ भने दिनमा जुनैबेला कम्तीमा पनि ३० मिनेट ब्यायाम गर्न सक्नुहुन्छ।

बिहान वा साँझ हिड्डुल गर्ने:
विशेषज्ञहरुका अनुसार दौड गर्नु प्राकृतिक शरीरको लागी धेरै महत्त्वपूर्ण छ। दौडले शरीरलाई स्लिम, फिट बनाउँनुका साथै शरीरलाई आकारमा ल्याउँछ। यदि कोहि व्यक्तिको शरीर मोटो वा अधिक वजन भएको छ भने त्यसलाई दौडेर पनि कम गर्न सकिन्छ। बिहानको समयमा दौडनु बढी लाभदायक हुन्छ। हामीलाई शुद्ध र सफा हावा बिहान प्राप्त हुन्छ र यो स्वास्थ्यको लागी अधिक लाभदायक छ। यदि कोहि धेरै दौडन सक्नुहुन्न भने हिड्न पनि सक्नुहुन्छ यसले पनि शरीरलाई स्वाभाविक रुपमा फिट बनाउँछ। हिजोआज अधिकांश मानिसहरु फिट रहनको लागी दौडन्छन्।

फलफूल, अण्डा, केरा र दूधको दैनिक उपभोग गर्ने:
फलफूल, अण्डा, केरा र दूधले मानव शरीरलाई शक्ति दिन्छ। यसले प्राकृतिक शरीर बनाउनमा धेरै मद्दत गर्छ। दैनिक रुपमा दूध र केराको उपभोगले शरीरले प्रोटीन, भिटामिन, खनिज र कार्बोहाइड्रेट प्राप्त गर्दछ। बिहान व्यायाम गर्नु भन्दा पहिले वा गरिसकेपछि दुई वटा केरा र दूध को एक शेक बनाएर पिउन सकिन्छ। शेक पिउनु अलि बढी लाभदायक छ। त्यसैगरी कम्तीमा पनि दुई वटा उमालेको अण्डा वा अधिकतम १० अण्डाको सेतो भाग दैनिक खानुपर्छ। यसले शरीरलाई बलियो बनाउँछ। अण्डालाई दुधमा हालेर सेवन गर्दा यो अझ बढी लाभदायक हुन्छ। साथै कार्बोहाइड्रेट र भिटामिन समावेश हुने भएकाले सबै प्रकारको फलफूलले पनि प्राकृतिक शरीर बनाउछ र शरीरलाई भिटामिन दिन्छ। अनार, स्याउ, केरा, सुन्तला, मौसमी आदि जस्ता फलफूलहरु खानुपर्छ।

प्राकृतिक प्रोटीनयुक्त खाना खाने:
प्राकृतिक शरीर प्राप्त गर्नको लागी शरीरलाई प्रोटीनयुक्त, स्वच्छ र स्वस्थ आहारको आवश्यकता छ। प्रोटीनले मांसपेशिहरुको विकास गर्नुका साथै शरीरलाई राम्रो आकार दिन्छ। प्रोटीन युक्त खानाले मात्र पनि प्राकृतिक शरीर प्राप्त गर्न सकिन्छ। प्राकृतिक प्रोटीनयुक्त खानाको लागि हामी पनीर, चिकन, ड्राइ फ्रुट्स, दूध, अण्डा, सोयाबीन, दाल, चना, दही आदि खान सक्छौ। यस्ता खानेकुराको कुनै साइड इफेक्ट हुदैन।

मेथी र पालुङ्गोको साग खानुहोस्:
हरीयो सागपातले शरीरलाई अधिक शक्तिशाली बनाउँछ। यसले शरीरलाई सुन्दर र स्वस्थ पनि राख्छ। यसमा सबै प्रकारका खनिज र भिटामिन हुन्छ। पालुङ्गो र मेथीको सागमा भिटामिन र पोषक तत्वहरु हुन्छन् । यसले स्वास्थ्यलाई राम्रो गर्छ। हामीले दिनमा कम्तीमा पनि दुई पटक हरीयो सागपात खानुपर्छ।
 

प्रकाशित मिति: : 2021-08-12 20:31:00

प्रतिकृया दिनुहोस्