तातोपानीलाई जुम्लाकै नमूना गाउँपालिका बनाउँछौँ : गाउँपालिका अध्यक्ष न्यौपाने (भिडियो अन्तर्वार्ता)

जुम्लाको तातोपानी। अनि मार्सी धानको उत्पति भएको ‘गुरुफोकटो’। यो नामले पनि जुम्लाको तातोपानी गाउँपालिका देशमै प्रख्यात छ। तातोपानी गाउँपालिकामा १४ हजार आठ सय ३४ जना जनसङ्ख्या छ।

धार्मिक पर्यटनदेखि जडिबुटीको प्रचूर संभावना भएको यहाँका बासिन्दा केही वर्षअघिसम्म रोग, भोग र अविकासको चपेटामा थिए तर अब यस्तो दिन रहेनन्। 

हरेक गाउँमा सडक पुगेको छ। स्वास्थ्यचौकी बनेका छन्। अनि खानेपानीका धाराहरु बनेका छन्। स्थानीयले रोजगार पाएका छन्। त्यसैले पनि रोगभोगले ग्रस्त भएको तातोपानीको काँचुली फेरिँदैगएको छ। 
नेपालको प्रख्यात कालीमार्सी धान यही तातोपानीमै उत्पति भएको हो। तातोपानीले जुम्लाको मात्र हैन, यसले नेपालकै नाम विश्वसामु पुर्याउन मद्दत गरेको छ। 

तातोपानी गाउँपालिकामै भएको तातोपानीको मुहानमा नुहाउन अहिले जिल्लाका देशका विभिन्न भागबाट मानिस जाने गर्छन्। बाथ तथा हाड्जोर्नीका बिरामीको तातोपानीमा घुइँचो लाग्ने गर्छ।

त्यसैगरी जुम्लाकै ठूलो ताल गिडीदह यही गाउँपालिकामा पर्छ। अनि धार्मिक पर्यटनका हिसाबमा पनि यो गाउँपालिकालाई महत्वपूर्ण रुपमा हेरिन्छ।

तातोपानी गाउँपालिकाले जुम्लामै इमान्दार राजनीतीगर्ने भनेर चिनिएका स्थानीय प्रतिनीधि  पाएको छ। गाउँपालिका अध्यक्ष नवराज न्यौपाने लाई तातोपानीले मात्र हैन, जुम्ला जिल्लाले नै मान्ने गर्छ।
विकासको दृष्टिकोण भएका अध्यक्षले तातोपानीले यस्तो योजनाहरु ल्याए, जसबाट पूरै स्थानीय खुशी छन्। उनले तातोपानीगाउँपालिकाको प्रतेक वडामा सडक पुर्याएका छन्। त्यसैगरी शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा उत्तिकै प्रगतिको थालनी गरेका छन्।

अध्यक्ष न्यौपानेले तातोपानी गाउँपालिकालाई के बनाउँदै छन्? यो अवधिमा तातोपानीमा के–कस्ता विकास भए ? के हुँदैछ न्? अध्यक्ष न्यौपानेसँग बिएल नेपाली सेवाले गरेको कुराकानी...

प्रकाशित मिति: : 2021-08-11 20:18:00

प्रतिकृया दिनुहोस्