बिएल संवाददाता
बङ्गलादेशमा बिहीबार कोभिड–१९ का कारण एक दिनमा मृत्यु भएका विरामीको सङ्ख्या २६४ पुगेको छ।
महामारी सुरू भएपछि एक दिनमा भएको अहिलेसम्मकै उच्च मृत्युसङ्ख्या हो। यससँगै बङ्गलादेशमा मृृत्यु भएका कोभिड सङ्क्रमितको सङ्ख्या कूल २१ हजार ९०२ पुगेको यहाँको स्वास्थ्य सेवा निर्देशनालय (डीजीएचएस) ले जनाएको छ।
सरकारी तथ्याङ्कअनुसार बङ्गलादेशमा विगत २४ घण्टामा १२ हजार ७४४ थप सङ्क्रमित भएको पुष्टि गरिएको छ। योसँगै एशियाली यस मुलुकमा अहिलेसम्म सङ्क्रमित हुनेको कूल सङ्ख्या १३ लाख २२ हजार ६५४ पुगेको छ।
सरकारी अधिकारीका अनुसार बङ्गलादेशभरि स्थानीय समयअनुसार बिहीबार ८ः०० बजेसम्म पछिल्लो २४ घण्टामा ४६ हजार ९९५ व्यक्तिको कोभिड परीक्षण गरिएको थियो। बिहीबार १५ हजार ७८६ थप व्यक्तिले कोभिड सङ्क्रमणपछि निको भई घर फर्किएका छन्।
यो मुलुकमा निको भएका बिरामीको कूल सङ्ख्या एक लाख १५ हजार ९४३ रहेको डीजीएचएसले जनाएको छ
सरकारले दिएको जानकारीमा बङ्गलादेशमा अहिले कोभिड–१९ सङ्क्रमितको मृत्युदर १.६६ प्रतिशत रहेको छ भने हालसम्म ८७.४७ प्रतिशत सङ्क्रमित निको भएका छन्।
यसपहिले बङ्गलादेशमा एकै दिनमा सबैभन्दा बढी सङ्क्रमित सङ्ख्या जुलाई २८ मा १६ हजार २३० रहेका जनाइएको थियो। जुलाई २७ मा एक दिनमा सबैभन्दा धेरै २५८ कोभिड सङ्क्रमित विरामीको मृत्यु भएको थियो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया