नेकपा एमालेको माधव कुमार नेपाल पक्षको स्थायी कमिटीमा बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन्। नेपाल समूह मानिएका उनीहरू आजको बैठकमा अनुपस्थित भएका हुन्।
बैठकमा सहभागी एक नेताका अनुसार उनीहरू काेराेनाकाे कन्ट्याक्ट ट्रेसिङमा परेका कारण बैठकमा सहभागी नगएका हुन्।
माधव नेपालको सचिवालयले पाण्डेको पीएसओलाई कोरोना संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको दावी गरेको छ।
यी दुई नेताले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासकाे मत दिँदा पिन संदस बहिस्कार गरेर बाहिरिएका थिए।
बिहान ११ बजे बस्ने भनेको बैठक स्थायी कमिटीमा छलफल गर्नु परेका कारण झण्डै ४ घण्टा ढिला शुरू भएको छ।