स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोनाको सबैभन्दा बढी संक्रमण साउन महिनाभरि

File photo
File photo

सरकारले साउन पछाडि काेराेना भाइरस संक्रमण दर क्रमश: घट्दै जाने प्रक्षेपण गरेकाे छ।

स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले बिहीबार संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणमा साउनमा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने र याे संख्या घट्दै  गएर मंसिरसम्ममा २५ हजार पुग्ने प्रक्षेपण गरेकाे हाे। 

मन्त्रालयले गरेकाे प्रक्षेपणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५ सय ९७ र भदौ महिनामा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिने उल्लेख छ।

पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने छ। तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने लोहनीले उल्लेख गरेका छन्।

त्यस्तै, सरकारले नेपालको कुल जनसंख्याको १३ दशमलव ५ प्रतिशतमा कोरोना परीक्षण भएको जनाएको छ। मन्त्रालयका अनुसार साउन २० सम्म नेपालमा कुल जनसंख्याको २ दशमलव ६ प्रतिशतमा कोभिड संक्रमण भएको छ। जसअनुसार ७ लाख ६९ हजार नौ सय २२ जना छन्। 

प्रकाशित मिति: : 2021-08-05 13:32:00

प्रतिकृया दिनुहोस्