नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको छ।
संसद् पुनर्स्पापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको छ। आजकाे बैठकमा केन्द्रीय सदस्यहरूकाे धारणा बुझ्ने तथा सरकारमा सहभागी हुने/नहुने भन्ने विषयमा छलफल हुने बताइएकाे छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिएकाे नेपाल समूहले सरकारमा सहभागी हुने संकेत देखाए पनि आधिकारिक निर्णय गरेकाे छैन्। साेही कारण प्रधानमन्त्री देउवाले सरकार बनेकाे तीन हप्ता पुग्न लाग्दा समेत मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन्। प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल विस्तार गर्ने अन्तिम तयारी गरिहेका बेला बैठक बस्न लागेकाे हाे। त्यसैले नेपाल समूह सरकारमा सहभागी हुने/नहुने भन्ने बारे आधिकािरक धारणा आउने अनुमान गरिएकाे छ।
यता संस्थापन अर्थात केपी ओली समूहले सो बैठकलाई अनधिकृत भन्दै ध्यानाकर्षण भएको जनाएको छ। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार कुनै बैठक नराखिएको भन्दै भ्रममा नपर्न नेता कार्यकर्तालाई विज्ञप्तिमार्फत अपील गरेका छन्।