बिएल संवाददाता
लुम्बिनीमा मंगलबार मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गर्यो। यससँगै पोखरेलको मुख्यमन्त्री धरापमा परेको छ।
विपक्षी गठबन्धनले पहिलो पटक अविश्वासको दर्ता गरेका भने होइनन्। उनीविरुद्ध यसअघि वैशाख ६ गते पनि अविश्वास प्रस्ताव दर्ता भएको थियो। तर अविश्वास प्रस्तावमाथि छलफल गर्ने प्रदेशसभाको विशेष अधिवेशनकै दिन मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए।
त्यसो त हाल प्रदेशसभामा हाल ८० सांसद छन् । बहुमतका लागि कम्तीमा ४१ सांसदको समर्थन आवश्यक पर्छ। तर यतिबेला विमला वलीसहित एमालेको पक्षमा ३९ सांसद मात्रै छन्।
प्रदेशसभामा माओवादी केन्द्रका सभामुखसहित १८ सांसद, काँग्रेसका १९ सांसद छन्, जसपा नेपालका ३ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्।
प्रदेशसभामा विपक्षी गठबन्धनका पक्षमा ४१ सांसद देखिएका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया