प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को बैठकले आयोगको अध्यक्षमा मधु प्रसाद रेग्मी तथा सदस्यमा काठमाडौं कलंकीका डिल्लीराम रिमाल र कीर्तिपुरकी नन्दकुमारी महर्जनलाई नियुक्त गरेको हो।
करिब एक वर्षदेखि पदाधिकारीविहिन हुँदै आएको शिक्षक सेवा आयोगमा विभिन्न कामहरु गर्न अफ्ठ्यारो भएको भन्दै नयाँ पदाधिकारी नियुक्त गरिएको सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन्।