काेटेश्वरमा नेता नेपाल र प्रचण्डबीच भेटवार्ता, सरकारमा सहभागिताबारे निर्णय हुने

File photo
File photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएको छ। मंगलबार विहान दुई नेताबीच काेटाेश्वरका एक व्यवसायीको घरमा माधव नेपाललाई भेट्न प्रचण्ड पुगेका हुन्।

नेता नेपालकाे निर्णय नआएका कारण मन्त्रिपरिषद् विस्तार समेत रोकिएका बेला यस भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएकाे छ। 

सरकारले मन्त्रीमण्डल बिस्तारकाे तयारी गरिरहेका बेला यी दुई नेताबीच भेटवार्ता भएकाे हाे। आजकाे छलफलपछि माधव नेपालले सरकारमा सहभागिता नजाउने भएमा कांग्रेस, माओवादी र जसपाका मात्र मन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरिने भएको छ।

सत्ता गठबन्धन कार्यदलको बैठक आज (मंगलबार) बालुवाटारमा बस्दैछ। बैठकले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेकाे छ। साझा कार्यक्रम तयार गरेर केही दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तथा सरकार संचालनलानई पनि प्रभावकारी बनाउने सत्ता गठबन्धनको तयारी रहेकाे छ।

त्यस्तै, आजै नेकपा एमालेभित्रको विवाद समाधान गर्ने प्रयासस्वरुप पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ताको तयारी रहेकाे छ। एमाले एकता वा विभाजनको निर्णायक चरणबाट गुज्रिरहेका बेला नेपालसँग प्रचण्डले भेटेका हुन्। 

प्रकाशित मिति: : 2021-08-03 10:26:00

प्रतिकृया दिनुहोस्